अब हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने, भोलिदेखि महँगिदै हवाई भाडा
काठमाडौं,असार ३१ । भोलि अर्थात साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको छ । सोमबारबाट आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो ।
यससंगै अब ह्वाई भाडा पनि बढ्ने भएको छ । सरकारले नयाँ आवदेखि लागू हुनेगरि ह्वाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने भएको छ । यो सरकारले आव २०८०/८१ का लागि जारी गरेको आर्थिक विधेयकमा उल्लेख छ ।
सोही बमोजिम साउन १ गतेबाट हवाई भाडा ६ प्रतिशतसम्म वृद्धि भएको छ । वायुसेवा संचालक संघका अनुसार हवाई भाडा बढ्ने भएको हो ।