भारतबाट बढेर आयो डिजेलको मूल्य: पेट्रोलको भने घट्यो, नेपालमा के होला ?



काठमाडौं,असार ३१ । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको प्रत्येक महिनाको १५ दिनको मूल्यअनुसार डिजेलको बढेर आएको हो ।

भारतबाट आएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । तर, पेट्रोलको मूल्य भने घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्ने बारे निर्णय गर्नेछ । आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी रहेको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६७.५० पैसा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्