असार मसान्त आउँदै छ ! डिम्याट र मेरो सेयर नविकरण कसरी गर्ने ?



काठमाडौं,असार २७ । असार मसान्त नजिकिदैं छ । असारमसान्त लागेपछि सेयर कारोवार गर्न खोलिएको डिम्याट र मेरो शेयर खाता नविकरण गर्नुपर्ने हुन्छ । अहिले निक्षेप सदस्य (डिपि) हरुले सुचना निकाल्न थालेका छन ।

हाल बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश बढ्दो छ । कतिपय लगानीकर्तालाई आफ्नो डिम्याट (हितग्राही) खाता कसरी नविकरण गर्ने भन्ने बारे जानकारी समेत प्राप्त गरेका हुदैनन् । मर्चेन्ट बैंकरहरु निक्षेप सदस्यहरुले डिम्याट र मेरो सेयर नविकरण गर्न सुचना सार्वजनिक गर्न थालेका छन । असार मसान्त भित्र नविकरण नगरे खाता फ्रिज हुने निक्षेप सदस्यहरुले उक्त सूचनामा उल्लेख गरेका छन् ।

मेरो शेयर १ बर्षमा र डिम्याट खाता हरेक असार मसान्तमा नविकरण गनुपर्ने हुन्छ । आजको युग भनेको प्रविधिको युग हो । प्रविधिले मानिसको काम गर्ने शैली बदलिएको छ । अहिले मानिसहरु घर वा अफिसमै बसेर विविध काम गर्न सक्छन् । अहिले नेपाली पूँजीबजार पनि प्रविधिमैत्री छ । जसका कारण लगानीकर्ताले घर या अफिसमा बसेर नै सेयर बजारका सम्पूर्ण काम गर्न सक्छन् । अहिले लगानीकर्ताले घर वा कार्यालयमा बसी आफ्नो मोबाइल, ल्यापटप वा कम्प्यूटरबाट पनि डिम्याट खाता तथा मेरो सेयरको खाता नविकरण गर्न सक्नेछन् । डिम्याट खाता नवीकरण गरेवापत तपाईले वार्षिक एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने मेरो सेयरको नवीकरण गर्न तपाईले वार्षिक ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यदि तपाईले मेरो सेयर लिनु भएको छ भने मेरो शेयरबाटै तपाईको मेरो शेयर नविकरण कहिलेसम्म गनुपर्ने थाहा पाउन सकिन्छ । डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नविकरण गर्नुपर्छ भने मेरो सेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा नविकरण गर्नुपर्ने हुन्छ ।

मेरो सेयर कहिले खोलेको हो भन्ने थाहा नभएको खण्डमा भने मेरो सेयर एप लिनु भएको छ भने सोहि बाट बुझ्न सकिनेछ । जसका लागि मेरो शेयर खोलेपछि दायाँ कुनामा आफनो नाउँमा क्लिीक गरेर व्यक्तिगत विवरण र एकाउन्ट इन्फरमेसनमा गएपछि मेरो शेयर र डिम्याट खाता नविकरण गरिसक्नुपर्ने मिति देख्न सकिन्छ ।

यसरी गर्नुहोस नविकरण

डिम्याट खाता र मेरो सेयर निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तिय संस्था वा वालेट पे मार्फत सजिलै नविकारण गर्न सकिन्छ । पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तिय संस्थामा गएर नविकरण शुल्क तिर्नु पर्ने प्रावधान थियो । तर अहिले प्रविधिको सहयोगमा लगानीकर्ताहरुले आफ्नो फोन मार्फत नै नविकरण गर्न सक्ने सुविधा भएको छ।

लगानीकर्ताले अहिले कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शुल्क भुक्तानी गर्न सकिने छ । आफ्नो खाता नविकरण गर्नको लागि मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login गई आफ्नो खाता खोल्ने, त्यसपछि मेरो सेयरमा रहेको आफ्नो प्रोफाइलमा जाने र त्यहाँ रहेको व्यक्तिगत विवरणको रिन्यू एकाउण्ट बटन थिचि दिइएका त्यहाँ दिइएको विवरण फलो गरेर नविकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्