भाटभटेनीको ५ वर्षको सञ्चालन नाफा ८४ अर्बभन्दा बढी



काठमाडौं,असार २६ । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०१७ मा ११ अर्ब ७७ करोड, वित्तीय वर्ष २०१८ मा १५ अर्ब २७ करोड, वित्तीय वर्ष २०१९ मा १७ अर्ब ९९ करोड, वित्तीय वर्ष २०२० मा १९ अर्ब ३६ करोड, वित्तीय वर्ष २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो । 

इक्राले गत मार्चमा सार्वजनिक गरेको रिपोर्ट अनुसार १२ अर्ब ८७ करोड रुपैयाँको कर्जाको लागि रेटिङ गराएको छ । इक्राले ५ अर्ब २५ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल बी र ७ अर्ब ६१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ । 

इक्राका अनुसार मुलुकभर भाटभटेनीको १८ आउटलेटहरू छन् । आगामी दुईदेखि तीन वर्षमा थप आठ ओटा आउटलेट खोल्ने कम्पनीको योजना छ । कम्पनीमा मीनबहादुर गुरुङको ६० प्रतिशत र उनको श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत शेयर स्वामित्व छ। 

प्रतिक्रिया दिनुहोस्