भद्रुटारका सामुदायिक विद्यालयका बालबालिकालाई वडाद्वारा झोला वितरण
नुवाकोट,असार २४ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ कार्यालयले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरेको छ ।
कुल १ लाख बजेटमा भद्रुटारका २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत अत्यावश्यकीय शैक्षिक सामग्री झोला वितरण गरिएको ५ नम्बरका वडाका सदस्य रामजंग बुढाथोकीले बताए ।
झोला वितरण गरिएको विद्यालय अन्तर्गत सुन्दरा प्राविका ३० विद्यार्थी, नामरुङ प्राविका २० जना, बच्छला माद्यामिक विद्यालयका १०० जना, कुण्डला माध्यमिक विद्यालय (कक्षा १ देखि ७ सम्म ) ५० बालबालिका र भेडाबारी माध्यमिक विद्यालयका ६० बालबालिकालाई झोला वितरण गरिएको बुढाथोकीले बताए ।