एसईईको नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए



काठमाडौं,असार २१ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको आधारमा नतिजा सार्वजनिक गरिएको हो । 

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये  २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्लस जीपीए ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्