छुट्नु होला है ? अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम मौका



काठमाडौं,असार २० । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा आवेदन दिने भोलि अर्थात असार २१ गते अन्तिम दिन रहेको छ ।

कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २१ गते सम्म रहेको । भोलिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिन पर्नेछ ।

सिडिएसका अनुसार आज अर्थात असार २० गते साँझ ५:४ बजेसम्म २३ हजार ३४८ जना आवेदकले पाँच लाख ७३ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार९०२ कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका– ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्ला बासीहरुका लागि बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्