आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित



काठमाडौं,असार ७ । आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ ।प्रतिनिधि सभाको आजको बैठकबाट उक्त विधेयक पारित भएको हो ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदहरुले त्यसको समर्थन गरेका हुन् ।

अब अर्को बैठक बुधबार दिनको ३ बजे बस्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्