प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित



काठमाडौं,असार १७ । प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्विकृत भएको हो ।

त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्