सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत



पोखरा,असार १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिता वस्तुमा लाग्ने कर नलगाएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

व्यवसायीले सोधेको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले भने, ‘‘सुनमा लग्जरी ट्याक्स लगाएको छैन। हिरा, मोतीमा हो, लग्जरी ट्याक्स। जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन।’’ 

त्यस्तै उनले ट्राभल्समा भ्याट नलगाएको एयरलाइन्समा मात्र लगाएको बताएका छन् । एयरलाइन्सको फ्लाइटमा त्यो कर लाग्ने उनले प्रष्ट पारे। नेपालको उत्पादन बढाउन आयात हुने आलु प्याजमा भ्याट लगाएको उनले उल्लेख गरे । 

‘‘एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ। व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’’, मन्त्री महतले भने, ‘‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ ।महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।’’

प्रतिक्रिया दिनुहोस्