अमेरिकी चामलको भात खाएर नेपालमा धान दिवस: एक वर्षमा झण्डै आधा खर्बको धान/चामल आयात
काठमाडौं,असार १६ । शुक्रबार असारमा १५ अर्थात २० औं राष्ट्रिय धान दिवस धुमधाम सँग मनाइयो । नेपाल सरकारले २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । कृषि प्रधान देश नेपालमा प्रत्यक वर्ष धानदिवस मनाइँरहदा नेपालीको भान्सामा भने अमेरिका, भारत चीन, कोरीया, जापान जस्ता मुलुकमा उत्पादन भएको चामल पाकिरहेको छ ।
भन्सारको विभागको तथ्याकं अनुसार नेपालमा हरेक वर्ष झन्डै ४६ अर्ब रूपैयाँ वरावरको धान/ चामल आयात हुने गरेको देखिन्छ । नेपालले चालु आर्थिक वर्षको ११ महीनामा मात्रै ३३ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको ७ लाख २४ हजार ५७४ मेट्रिक टन धान चामल आयात गरेको धानचामल आयात गरेको छ तथ्यांक छ । जसमध्ये १४ अर्ब ७२ करोडको २ लाख १७ हजार ७९२ मेट्रिक टन चामल र १८ अर्ब ९० करोडको ५ लाख ६ हजार ७८१ मेट्रिक टन धान आयात गरेको छ ।
त्यसैगरी, नेपालले अमेरीकाबाट मात्रै १९ करोड ३६ लाख ३२ हजार रुपैयाँको २ हजार १९९ मेट्रिक टन चामल आयात गरेको छ ।
गत वर्षको सोही अबधीमा नेपालले ४५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ८३ हजार ८१७ मेट्रिक टन धानचामल आयात गरेको थियो । जसमध्ये, १६ अर्ब ७९ करोडको ५ लाख ४५ हजार ११७ मेट्रिक टन धान र २८ अर्ब ४० करोडको ५ लाख ३८ हजार ६९९ मेट्रिक टन चामल आयात गरेको थियो । नेपालमा चीन, भारत, फिलिपिन्स, थाइल्याण्ड, भुटान, इन्डोनेसिया, इटाली, जापान, कोरिया, ओमान, संयुक्त राज्य अमेरिका, भियतनाम, नामिबिया लगायतका देशहरुबाट धान चामल आयात हुने गरेको छ ।
केन्द्रिय तथ्यांक विभागका अनुसार सन् २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २३ दशमलव ९ प्रतिशत रहेको छ । जसमध्ये धानको योगदान ११ दशमलव ३० प्रतिशत रहेको छ । सन् २०२०/२१ मा भने जिडीपीमा धानको योगदान १२ दशमलव ६४ प्रतिशत रहेको थियो ।