संसदीय इतिहासमा पहिलोपटक बजेटमाथि मतदान
काठमाडौं, असार १३ । संसद्मा बजेटमाथि पहिलोपटक मतदान भएको छ । आज (बुधबार) आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मतदानको माग गरेको थियो । सोहीअनुसार सभामुख देवराज घिमिरले मतदानको आह्वान गरेका थिए ।
बजेट बहुमतले पारित पनि भैसकेको छ । जम्मा २५५ जना सांसद उपस्थित् रहेकोमा विद्येयकको पक्षमा १४७ मत खसेको थियो । र, विपक्षमा १०८ खसेको थियो ।
मत दिन्न भन्नेमा शून्य मत परेको थियो । संसदीय इतिहासमा यो पहिलोपटक विनियोजन विद्येयकमाथि मतदान भएको हो ।