शिक्षकको उचित व्यवस्थापन होस् -सांसद जोशी
काठमाडौं,असार १३ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालिन उच्चमावि) का शिक्षकहरुको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरुको उचित व्यवस्थापन गर्न माग गरे ।