काठमाडौं महानगरपालिकाले माग्यो निजी विद्यालयको ‘प्लस टु’ शुल्क विवरण



काठमाडौं,असार ११ । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।

महानगरपालिका भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८० ८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो । महानगरको तथ्याङ्‍कअनुसार महानगरभित्र ५२० वटा निजी विद्यालयहरु सञ्चालित छन् ।

महानगरले असार मसान्तभित्र सो विवरण पठाउन अनुरोध गरेको छ । विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो र महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गनुपर्ने छ । शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पेश गर्नु पर्ने महानगरको परिपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्