नुवाकोट पञ्चकन्याको बजेट ४४ करोड ४५ लाख ९७ हजार
नुवाकोट,असार १० । पञ्चकन्या गाउँपालिकाले बजेट ४४ करोड ४५ लाख ९७ हजार प्रस्तुत गरेको छ ।
गाउँ सभाको १४औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष बिमला केसीले सो सम्बन्धि जानकारी गराएकी हुन् ।
त्यस्तै कार्यक्रम बीच आर्थिक विधेयक २०८० आर्थिक विकास समिति संयोजक तथा २ नम्बर वडाका वडा अध्यक्ष श्री रामशरण श्रेष्ठले प्रस्तुत गरेका थिए भने प्रस्तुत तथा विनियोजन विधेयक २०८० आर्थिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य चन्द्रावती श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । साथै पेश भएका नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा विधेयकहरु सर्वसम्मतीले पास गरिएको थियोे ।