बुटवल उपमहानगरपालिकाको बजेट २ अर्ब ३६ करोड



काठमाडौं,असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको १३औँ नगरसभामा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु. ३० करोड १७ लाख, ससर्त अनुदान रु. ४७ करोड ९२ लाख, समपूरक अनुदान रु. ८० लाख र विशेष अनुदान रु. दुई करोड रहने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. दुई करोड ३१ लाख ६९ हजार, ससर्त अनुदान रु. दुई करोड नौ लाख ५० हजार र समपूरक अनुदान रु. दुई करोड अनुमान रहेको छ ।

राजस्व बाँडफाँटबाट प्राप्त हुन अनुदान रु. ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड राजस्व सङ्कलन हुने र गत आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) रु. २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्