किस्पाङ गाउँपालिकाको बजेट ४६ करोड ३२ लाख ३५ हजार
नुवाकोट ,असार १० । किस्पाङ गाउँपालिकाले ४६ करोड ३२ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिकाका उपाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले बजेट सार्वजनिक गरेका हुन् ।
उपाध्यक्ष न्यौपानेले अनुमानीत आय अनुसार चालु तर्फ रु २६ करोड ४९ लाख ७६ हजार र पूजीँगत तर्फ १९ करोड ८२ लाख ५९ हजार गरी कुल जम्मा रु ४६ करोड ३२ लाख ३५ हजार वजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।