शिवपुरी गाउँपालिकाको बजेट ५४ करोड ९४ लाख



नुवाकोट,असार १० । जिल्लाको शिवपुरी गाउँपालिकाको बजेट ५४ करोड ९४ लाख बजेट ल्याइएको छ ।

आइतबार शिवपुरी गाउँपालिकाको गाउँ सभाको १२ औ अधिवेशनले सो बजेट ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङले अगामी आर्थिक बर्ष २०८०/०८१ काे लागि ५४ कराेड ९४ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्