ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड
काठमाडौं,असार १०। ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट सार्वजनिक गर्नभएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै १३ प्रतिशतले कमी हो ।
साढे ६ अर्बको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ ।