अमेरिकी डलरसँगै घट्यो युरो र क्यानेडियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?



काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकले आज अर्थात शुक्रबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलर, युरो र क्यानेडियन डलरको भाउ घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा कायम भएको छ । यस्तै, युके पाउन्ड स्ट्रेलिङ्ग एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा, क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

त्यसैगरि सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

अन्य कुनको कति ?

प्रतिक्रिया दिनुहोस्