विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यस्तो छ आजको विनिमय दर



काठमाडौं,असार ५ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमय दर प्रकाशन गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ र बिक्रीमा १३१ रुपैयाँ ४० पैसा कायम भएको छ ।

मंगलबारका लागि यूरोपियन यूरो एकको खरिदमा १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा, युके पाउण्ठ स्ट्रेलिङ एकको खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९४ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, जापनीज येन १० को खरिददर ९ रुपैयाँ २२ र बिक्रीदर ९ रुपैयाँ २६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेविया रियाल एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७ पैसा, यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा र मेलेसियन रिङ्गेट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा कायम भएको छ ।

मंगलबारका लागि हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६ रुपैयाँ ८१ पैसा, साउद कोरियन वोन १०० को खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा, कुवेत दिनार एकको ४२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२७ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्