स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध
काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् ।
आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् । ४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन भएका हुन् ।
भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी हुदाँ नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको किसानहरु बताउछन् ।