बागमतीको बजेट : ६२ अर्ब ७० करोड ९० लाख विनियोजन, गत वर्ष भन्दा ८ अर्ब कम
काठमाडौं,असार २ । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैँया विनियोजन गरेका हुन् ।
चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाखको बजेट रहेकोमा आउँदो आर्थिक वर्षमा सरकारले ८ अर्ब बढि बजेट कम गरि विनियोजन गरेको हो । सरकारले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ७० हजार, पुँजिगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार तथा वित्तिय ब्यवस्थापन ५० करोड बजेट विनियोजन गरेको हो । आउँदो आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा ८ अर्बले कमि भएको छ ।