भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं ,असार २। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको छ । अहिले नेपाली बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।