विभिन्न संस्थालाई लुम्बिनी विकास बैंकको सहयोग 



काठमाडौं,जेठ ३२ । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई रू. १ लाख सहयोग गरेको छ । नेटवर्कले मुगुको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निर्माण गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विगतका वर्षमा पनि उक्त संस्थालाई सहयोग गरेको थियो ।

त्यस्तै बैंकले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३, शिखर आम्बोटोस्थित देवी माध्यमिक विद्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको बैंकले जानकारी दिएको छ । साथै पाल्पाको रम्भा गाउँपालिका–४, हुमिनस्थित अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ १ थान साउण्ड सिस्टम उपलब्ध गराइएको छ ।

ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा मासिक रूपमा ब्याज प्रदान गर्ने र ‘मल्टिपल धमाका खाता’मा लगानीलाई दुई गुणादेखि दश गुणासम्म हुने विशेष योजना समेत कार्यान्वयनमा ल्याइएको बैंकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्