कांग्रेस सभापति देउवा एक हप्ते सिंगापुर यात्रामा
काठमाडौं,जेठ ३१। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।
पेटको समस्याको उपचारका लागि उहाँ मंगलबार राती सिंगापुर जानु भएको हो ।
देउवाको साथमा पत्नी आरजु राणा पनि सिंगापुर गएकी छिन । फलोअप उपचारका लागि जानुपर्ने भएकाले देउवा सिंगापुर गएको सचिवालयले जनाएको छ । देउवा सिंगापुरमा एक साता रहने बुझिएको छ ।