कैलालीको गेटा स्वास्थ्य विश्वविद्यालय कै रुपमा संचालनमा आउँछः अर्थमन्त्री डा. महत
काठमाडौं,जेठ २९। अर्थमन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय संचालक गरिने बताएका छन् ।
संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले कैलालीको गेटामा सहिद दशनथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका गरिने बताएका हुन् । जसका लागि एक अर्ब १५ करोड बजेट विनियोजन गरिएको बताए।
आगामी आर्थिक वर्ष २०८०।०८१ मा गेटा स्वास्थ्य विश्व विद्यालय पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरेका छन्।कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन हुदैं आएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रिपरिषदबाट निर्णय गरेर नीति तथा कार्यक्रमबाट पारित गरेको विश्वविद्यालय हटाएर एक सय शैयाको मात्रै अस्पताल सञ्चालन गरेर प्रतिष्ठान बनाउने बजेट भाषणमा उल्लेख गरेसँगै आन्दोलन सुरु भएको थियो ।