बालाजी सिमेन्ट इन्डस्ट्रिजले सुरू गर्यो भारतमा सिमेन्ट निर्यात
काठमाडौं,जेठ २९ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. वाट उत्पादित सिमेन्ट मित्र राष्ट्र भारत निर्यात कार्यको शुभारम्भ भएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ मा अवस्थित बालाजी सिमेन्ट भारत निर्यात कार्यको सुरुवात भएको हो ।
बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रालिबाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्धारा ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरे सँगै भारत निर्यात शुरु भएको हो । पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक ईन्टरप्राईजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात शुरु गरेको छ ।
आज २ ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात शुरु गर्दैछौं । कपिलवस्तुको कृष्णनगर नाका हुदै सिमेन्ट निर्यात भएको हो । भारत सरकारको ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्वन्धि ईण्डियन स्टायाण्र्डस ईन्स्टिच्युट (आईएसआई) चिन्ह दिए लगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबलि र श्रृष्टिको भारत तर्फ निर्यात वढेको हो । कपिलवस्तु जिल्लावाट भारत निर्यात पहिलो पटक हो । विस्तारै निर्यात परिमाण वढाउदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाईने व्यवस्था रहेको छ भने नेपालवाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाईदैन । यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात शुरु गरेका हो । सरकारले सिमेन्ट छड लगायतका ३० भन्दा वढि वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरीसकेको छ ।
नेपाल सरकारले ५० करोड भन्दा वढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको कम्पनीले जनाएको छ ।
बर्तमान असहज एंव आर्थिक मन्दिको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्रवाट शुभारम्भ गर्न पाँउदा आशाको दियो जागेको उद्योगका संस्थापक सन्दिप कुमार गाडिया बताए । उनले भने, “हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो । सोच आज पुरा भएको छ, हामी सफल भएका छौं ।
सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ । हामी चाहन्छौं राज्यले अझै उद्योगमैत्रि, निर्यातमैत्रि नीतिहरु ल्याउनु जरुरी रहेको छ । आजको दिनमा निर्यातको वातावरण वनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौं । हाम्रो सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केहि कम गर्नेमा हामी विश्वस्त छौं । हामीले जति धेरै सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं त्यति धेरै व्यापार घाटामा कमि आउदछ त्यसैले निर्यातलाई दिगो वनाउने वातावरण सरकारले वनाईरहनु पर्दछ भन्ने हाम्रो भनाई हो ।”
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ शय टन रहेको छ । उद्योगले बहुवलि र श्रृष्टि ब्राण्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो उद्योगमा जर्मनको लोच्से कम्पनिको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगहरुका लागी विश्व कै उच्चस्तरिय कम्पनि हो । बालाजी सिमेन्टको वजार नेपालको पश्चिम, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्याधिक रहेको छ ।