सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेशको टिमलाई
काठमाडौं,जेठ २८ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेश प्रजापतिको समूहले हात पारेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा पार–७२ मा भएको सो खेलमा प्रो दिनेश र अमेच्युअर समिर आचार्य कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको समूहले १६२ अंक बनाएका थिए । यसमा दिनेशले ४१ अंकको योगदान दिँदा समिरले ४१ अंक बनाए भने प्रताप र अर्जुन दुबैले ४०/४० अंक बनाए ।
प्रो भुवन नगरकोटीको समूह १५३ अंकसहित दोस्रो स्थानमा रहे । नगरकोटीले जम्ममा ३८ अंक बटुल्दा उनको समूहमा रहेको अमेच्युअरहरु ताशी छिरिङ, उज्जवल प्रधानाङ र सुनिल कार्कीले क्रमशः ३९ अंक, ३८ अंक र ३० अंक बनाउन सके । प्रतियोगितामा कूल १५१ अंक जोडेर प्रो बल भद्र राईको समूह तेस्रो स्थानमा सीमित बने ।
महिलातर्फ उत्कृष्टको उपाधी रेखा घिमिरेले पाएकी छिन् । प्रतिस्पर्धाका १३५ खेलाडी सहभागी भएका थिए । कूलमध्ये २५ जना प्रो खेलाडीहरु थिए । प्रतियोगिता स्टेबलफोर्ड ३÷४ ह्यान्डीकयाप फम्र्याटमा खेलाइएको थियो ।