सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?



काठमाडौं,जेठ २६ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ हजार ४ सय १४ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्