गरिमा विकास बैंकले गर्यो नुवाकोटको फाँटपौवामा बृहत निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं,जेठ २१ । गरिमा विकास बैंक लिमिटेडले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा जेठ २० गते शनिवारका दिन १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा उक्त स्वस्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो । बेलकोटगढी नगरपालिका वडा न.२ का वडाध्यक्ष श्री रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरुमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष डा.केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायले बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानिय बासीहरु लाभान्वित भएको र आगमी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्