नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित
काठमाडौं,जेठ १३ । नेपाल सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमलाई शनिबार बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०-८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताए ।
यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।