१० महीनामा १२ खर्ब बराबरको व्यापार घाटा, निर्यात साढे २४ प्रतिशतले घट्यो



काठमाडौं,जेठ ८ । चालु आर्थिक वर्ष (आव) को १० महीनामा रू १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रू. १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । 

१० महीनाको अवधिमा कुल रू १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रू एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिमा वस्तु आयात र निर्यात घटेको छ । 

आव २०७८/७९ को १० महीनाको अवधिमा नेपालले रू एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महीनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ । 

विभागका अनुसार आव २०७८/७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कुल आयात गरेकामा चालु आवको १० महीनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ । कुल कारोबारका आधारमा आव २०७८/७९ रू १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महीनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्