२५ वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउन सकिन्छ : डा. स्वर्णिम वाग्ले



काठमाडौं,जेठ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले नेपाललाई २०/२५ वर्षमा मध्यम आय भएको मुलुक बनाउन सकिने बताएका छन् ।

न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स २०२३ मा प्रमुख अतिथिको रुपमा बोल्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् ।

उनले वस्तु निर्यातमा धेरै सम्भावना नरहे पनि डिजिटलाइजेशनमा नेपाल धेरै माथि जान सक्ने बताए । कर्मचारीतन्त्रदेखि राजनीतिसम्म सुधारेर मुलुकलाई अघि बढाउनुको विकल्प नरहेको उनको भनाइ छ । 

स्टार्टअपहरूलाई कुन ऐन र दफाले अफ्ठेरो परेको छ भन्ने कुरा आफूलाई जानकारी गराएमा उक्त कुरा लिएर सदनदेखि सरकारसम्म पुर्‍याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्