जेठ महिनाको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,जेठ १ । जेठ महिनाको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ११ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि तेजावी सुनको मूल्य भने १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्