कोशिश नेपालले गर्यो समूह दर्ता र पञ्चकन्या गाउँपालिकामा अन्तरक्रियासहित ध्यानाकर्षण



नुवाकोट, बैशाख २९ । गैरसरकारी संस्था कोशिश नेपालले मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा सचेतना अभिवृद्धि र सेवा प्रदानका विषयलाई थप अगाडि बढाइरहेको छ ।

बिहीबार संस्थाले एक कार्यक्रमबीच पञ्चकन्या सेवा क्षेत्रका विभिन्न स्वाबलम्बन समूहसंग छलफलसहित कार्यक्रमलाई थप बढवा दिएको हो ।

गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष बिमला केसीको प्रमुख आथित्यतामा सम्पन्न गरेको सो संस्थाले जनाएको छ ।

संस्थाले पछिल्लो वर्षमा मनोसामाजिक समस्यामा परेका नागरिकलाई परिक्षण, समस्या पहिचान, आवश्यक परामर्श प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा स्वाबलम्बन समुहकी अध्यक्ष बिष्णुमाया थापा, गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी,प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, स्वास्थ्य संयोजक हेमनारायण महतो, कृषि शाखाका संजिबन गोसाई, महिला बालबालिका शाखा प्रमुख सुलोचना गजुरेल, कोशिशका मनोबिद अनुप आचार्य, सामुदायिक मनोसामाजिक कार्यकर्ता निशा सिटौला, रन्जना खतिवडा, सरिता केसी लगायतको सहभागिता रहेको थियोे ।

अन्तरक्रियाको संचालन कोशिशका परियोजना संयोजक लोक प्रसाद गौतमले गरेका थिए । कार्यक्रममा संयोजक गौतमले समान अनुभब भएका व्यक्तिहरु बिच अनुभब तथा भावना सुनाउन सहज हुने र व्यक्तिको मन हलुको हुने, आफू मात्र एक्लो रहेनछु भन्ने अनुभूति ल्याउन सहायता प्रदान गर्ने, स्वाबलम्बन समुहले आर्थिक उपार्जन, नेतृत्व बिकास र मानसिक स्वास्थ्य सेवा बारे पैरवी गर्दै मनोसामाजिक समस्याको न्यूनीकरणमा योगदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्