सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर
काठमाडौं,बैशाख २७ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार ) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयामा कारोबार भएको छ । मंगलबार तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएकको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।