विश्वविद्यालयमा रोकिएन गुण्डागर्दी
काठमाडौं, वैशाख २६ । विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ। उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै जब तर्क र विज्ञताभन्दा बाहुबलीको हालीमुहाली हुन थाल्छ, त्यसपछि कसले के अपेक्षा गर्ने ?
१३ वैशाखमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागीय प्रमुख डा युवराज लुइँटेलमाथि विश्वविद्यालयकै आंशिक शिक्षक ललितकुमार बिष्टले गरेको दुव्र्यवहार गरे। आफूलाई निशर्त करार गराउन विभागीय प्रमुखलाई डर, त्रास, धाक धम्की देखाउँदै उनले विभागीय प्रमुखमाथि अभद्र व्यवहार गरेका हुन्। विभागीय प्रमुख लुइँटेलले पटकपटक प्रक्रिया पुर्याएर काम गर्ने भन्दै गर्दा उनलाई आंशिक शिक्षक बिष्टले तथानाम गालीलगौज गर्नुका साथै प्रमुखको टेबुलमा तीनपटक हेलमेट बजारेका थिए।
विश्वविद्यालयभित्र पदाधिकारी नियुक्तिको विषयलाई लिएर विद्यार्थीले शिक्षक कुट्ने र र शिक्षकले आफ्नै पदाधिकारीमाथि दुर्व्यवहार गर्ने गरेको घटना यो नौलो भने होइन। अपराधिलाई ठोस कारबाही नभएकै कारण यस्ता विद्यार्थी र शिक्षको खोल ओढेर विश्वविद्यालयभित्र आपराधिक क्रियाकलाप गर्नेहरूले प्रश्रय पाइरहेको विश्वविद्यालयका प्राध्यापकहरूको अनुभव छ।
अर्कातर्फ विद्यार्थी र शिक्षक संगठनले नै पदाधिकारी नियुक्ति गराउने खेलमा समावेश भएकोले उनीहरूले आफ्ना गुरुलाई तल्लोस्तरको कामदारको रूपमा व्यवहार देखाउने गरेको प्राध्यापकहरूको गुनासो छ।
यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।