सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौं,बैशाख २५ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ रुपैयाँमा बजारमा बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) तेजावी सुनको मूल्य १ लाख १० हजार ५० सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्