काङ्ग्रेसका तीन जना नेता मन्त्रीमा नियुक्त
काठमाडौं,बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (बैशाख २० गते) तीन जना मन्त्री नियुक्त गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरिएको बुझिएको छ ।
कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्तीमा डिगबाहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।
तीन जना नै काङ्ग्रेसबाट मन्त्री बनेका हुन् ।