सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,बैशाख २० । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।

बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कायम रहेको छ । मंगलबार तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै,आज चाँदीको मूल्य पनि प्रतितोला२० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्