पहिलो दिन मै कति पर्यो मोदी इनर्जीको आइपीओमा आवेदन ?
काठमाडौं,बैशाख १९ । मोदी इनर्जी कम्पनी लिमिटेडको आइपीओमा २५ करोड ९४ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन (बैशाख १९ गते) साँझ ५ः३ बजेसम्म २ लाख २९ हजार २०६ आवेदकले २५ लाख ९४ हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आज (वैशाख १९ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ २ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।