यो साता सुनको मूल्यमा उतारचढाव, कुन दिन कति ?



काठमाडौं,बैशाख १७ । यो साता सुन (Gold) को मूल्यमा उतारचढाव देखिएको छ । साताको पहिलो दिन तोलामा ९०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको सुनको भाउ घटबढ हुँदै शुक्रवार १ लाख ९ हजार १०० रुपैयाँ तोकियो । अर्थात् समग्रमा साताभर सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ । 

सातामा सुनको भाउ सबैभन्दा बढी हुँदा तोलाको १ लाख ९ हजार ७०० रुपैयाँ कायम भयो भने सबैभन्दा कम हुँदा तोलाको १ लाख ९ हजार १०० तोकियो ।  

कुन दिन कति भयो भाउ ?

साताको पहिलो दिन घटेको सुनको भाउले दोस्रो दिन पनि निरन्तरता पायो । उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भयो ।

मंगलवार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकियो । त्यसको भोलिपल्ट (बुधवार) पनि सुनको भाउमा वृद्धि रोकिएन । उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भयो । 

बिहीवार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भयो । सुनको भाउ घट्ने क्रम शुक्रवार पनि कायमै रह्यो । उक्त दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो । 

सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनचाँदीको मूल्य तोक्ने गरेको छैन । उक्त दिन शुक्रवारकै मूल्यमा सुनचाँदीको कारोबार हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्