नुवाकोट पञ्चकन्याका विद्यालयलाई कोशिश नेपालले बढ्यो शैक्षिक सामग्री
नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयलाई कोशिश नेपाल नामक एक संस्थाले शैक्षिक तथा खेलकुदजन्य सामग्री वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रम बीच गाउँपालिकाको कार्यालय घलेभञ्ज्याङ् मा संस्था सामग्री वितरण गरेको हो ।
संस्थाले गाउँपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयका सामग्री वितरण गरिएको जनाएको छ । गाउँपालिकाका वडा नम्बर १ का राष्ट्रिय माध्यमिक विद्यालय र इन्द्रायणी माध्यमिक विद्यालय, वडा नम्बर २ का नवसन्जिवनी माध्यमिक विद्यालय, वडा नम्बर ३ को पञ्चकन्या माध्यमिक विद्यालय, वडा नम्बर ४ को उदयजालपा माध्यमिक विद्यालय र वडा नम्बर ५ को बच्छला माध्यमिक विद्यालयलाई सो सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, कोशिश नेपालका प्रतिनिधि लोकनाथ गौतम, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियोे ।