नुवाकोट शिवपुरीको समुन्द्रादेवी माद्यामिक विद्यालय विद्यार्थी खोज्न घरदैलो अभियानमा



नुवाकोट,बैशाख १३ । नुवाकोट शिवपुरीमा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाउदै आएका छन् । शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सो साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन ।

विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुगेको विद्यालयका प्रधानाध्यापक गणेश सिटौलाले बताए । “हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला जस्ता सेवा उपलब्ध गराउँदैछौँ”, उनले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ ।” उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दा विना शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताए । “नयाँ विद्यार्थी थप गर्ने लक्ष्य छ”, सिटौलाले भने, “त्यसैले घर–घरमै पुगिरहेका छौँ ।”

शिवपुरीका केही अन्य विद्यालयले पनि घर–घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्र ढकालले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक–शिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । “नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पठनपाठन गर्न लागेका छौँ”, उनले भने । हाल कक्षा १० सम्म विद्यालयमा दुई सय ६० विद्यार्थी रहेकामा यस वर्ष ३ सय विद्यार्थी पु¥याउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियान थालेको उनको भनाइ छ ।

“हाल कक्षा ५ सम्म सरकारले विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छ”, ढकालले भने, “साुमदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा छन्, यहाँ भर्ना हुँदा विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।” उनले टोल–टोलमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्