नेपाल रिपब्लिक मिडियाले साढे ४३ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं,बैशाख १२। नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति समेत प्राप्त गरेको हो ।

सोमबार कम्पनीलाई ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ४३ करोड ५३ लाखको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेे छ ।

कम्पनीको विक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्