सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,बैशाख १२ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम रहेको छ । अघिल्लो दिन (सोमबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा बायम रहेको छ। सोमबार तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै,आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्