अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्छ : अर्थमन्त्री महत
काठमाडौं, बैशाख ४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान भएको तर सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा महतले अर्थतन्त्रमा अप्ठ्यारा व्यवधान भएको तर सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ। तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं। अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्छ।’