कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा
काठमाडौं, बैशाख ४ । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने ७ जना आइसीयु र ३ जना भेन्टिलेटरमा रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १६,३२ जनामा कोरोना परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टी हुँदा ६० जना संक्रमण मुक्त भएका छन्।
यस्तै, २४ घण्टामा देशभर २६६७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ सय ७९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।