भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालमा के हाेला ?
काठमाडौं,वैशाख ४ । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो । भारतबाट पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको हो ।
अव नेपालमा पनि पेट्राेल र डिजेलकाे मुल्यमा केही बढ्न सक्ने छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।